नियम ८६
अध्ययन बिदा
: (१) नेपाल प्रहरीलाई उपयोगी र अति आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा मन्त्रालयको स्वीकृति लिई खुल्ला प्रतियोगितामा वा अन्तर विभागीय प्रतियोगितामा छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने प्रहरी कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउन सक्नेछ ।
(२) प्रहरी कर्मचारीले सेवा अवधि भरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । तर नेपाल सरकारले आवश्यक ठानेमा अध्ययन बिदाको अवधिमा दुई वर्ष थप गर्न सक्नेछ ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूहका प्रहरी निरीक्षक वा सो भन्दा मुनिका दर्जामा खुल्ला प्रतियोगिताद्वारा नियुक्ति भएका प्रहरी कर्मचारीले सेवा अवधिभर एकै पटक चा पटक-पटक गरी बढीमा छ वर्ष अध्ययन विदा पाउन सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनका निमित्त मनोनयन भई अध्ययन बिदा लिई गएको प्रहरी कर्मचारीले थप बिषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नका निमित्त अध्ययन बिदा थपिने छैन ।
(३क) उपनियम (२) वा (२क) बमोजिम अध्ययन बिदा लिएको प्रहरी कर्मचारीले अध्ययन पुरा गरी सेवामा हाजिर भएको _तीन वर्ष पुरा नभई पुन: अध्ययन विदा पाउने छैन|
(४) अध्ययन बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) नेपाल प्रहरीको सम्बन्धित सेवालाई उपयोगी र आवश्यक पर्ने बिषयमा विभागीय प्रमुखको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी खर्चमा अध्ययन गर्न जाने प्रहरी कर्मचारीलाई उपनियम (२) बमोजिम अध्ययन बिदा दिन सकिनेछ ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (५) बमोजिम अध्ययन बिदामा बस्ने प्रहरी कर्मचारीले अध्ययन बिदामा रहेको अवधिको तलब पाउने छैन ।
(७) छ वर्ष सेवा अवधि नपुगेको प्रहरी कर्मचारीले अध्ययन बिदा पाउने छैन ।
तर अनुसूची-९ बमोजिमको "क", "ख" बा "ग" बर्गको भौगोलिक क्षेत्रमा बा क्षेत्रीय प्रहरी अस्पतालमा कम्तीमा एक वर्ष रुजु हाजिर भई काम गरेका प्राविधिक्क प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूहका अन्तर्गत रहेका प्रहरी कर्मचारीको हकमा प्रहरी सेवाका लागि अति आवश्यक परेको विषयमा अध्ययनको अवसर दिनु उपयुक्त भएको भनी प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको आधारमा नेपाल सरकारले स्वीकृति दिएमा तीन वर्ष सेवा अवधि पुगेपछि अध्ययन विदा दिन सकिनेछ ।
(८) अध्ययन विदा लिने वा अध्ययन काज तालीममा बस्ने प्रहरी कर्मचारीले अध्ययन गर्न जानु भन्दा अघि त्यस्तो अध्ययन विदा वा अध्ययन काज तालीम पूरा गरी फर्केर आई आफ्नो सेवामा देहाय बमोजिमको अवधिसम्म अनिवार्य रूपमा सेवा गर्ने कबुलियतनामा गर्नुपर्नेछ ः–
अध्ययनको अवधि सेवा गर्नुपर्ने न्यूनतम अवधि
(क) तीन महिनासम्म एक वर्ष
(ख) तीन महिनादेखि छ महिनासम्म डेढ वर्ष
(ग) छ महिनादेखि नौ महिनासम्म दुई वर्ष
(घ) नौ महिनादेखि एक वर्षसम्म तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म पाँच वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म छ वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष
(ज) चार वर्ष वा सो भन्दा वढी अवधि आठ वर्ष
(९) अध्ययन बिदा लिई वा अध्ययन काज तालीममा गई फर्किएका प्रहरी कर्मचारीले उपनियम
(८) बमोजिमको अवधिसम्म अनिवार्य सेवा नगरेमा अध्ययन विदा वा तालीम काज अवधिमा पाएको तलब भत्ता, अध्ययनको लागि नेपाल सरकारको तर्फबाट खर्च व्यहोरिएको भए सो खर्च तथा कवुलियतनामामा उल्लेख भएका अन्य रकम समेत निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
(१०) कुनै योजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नका निमित्त अत्यावश्यक तालीम प्राप्त गर्नका लागि नेपाल सरकारले कुनै प्रहरी कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालीम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजले पुरा तलब पाउनेछ । तर यस प्रकारको काज तालीमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि प्रहरी कर्मचारीलाई शैक्षिक उपाधी हासिल गर्न पठाउँदा तालीम काज दिइने छैन ।
(११) यस नियम बमोजिम अध्ययनका लागि एकपटक बेतलबी अध्ययन बिदा स्वीकृत भई सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन ।